Skip to content
लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले नयाँ वर्षको अवसरमा ग्राहकका लागि केयी एक्सचेन्ज क्याम्प ल्याएका छन्।
यो क्याम्प आगामी चैत २७ देखि २९ गतेसम्म देशभरका केयी सोरुमहरूमा सञ्चालन हुने कम्पनीले जनाएको छ।
काठमाडौंको थापाथली सोरुममा गाडी साटफेरका साथै लाइभ फुडस्टल र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू समेत हुनेछन्।
ग्राहकले पुरानो गाडीको उत्कृष्ट मूल्यांकनसहित नयाँ गाडीमा अपग्रेड गर्दा आकर्षक एक्सचेन्ज बोनस र नगद छुट पाउनेछन्।

यस योजनामा सरल फाइनान्सिङ, अटो बीमा र ७ किलोवाटको चार्जर जस्ता सुविधाहरू पनि समावेश गरिएका छन्।
प्रत्येक बुकिङ गर्ने जोडीका लागि दुसित थानी धुलिखेलमा एक रातको निःशुल्क प्याकेजको समेत व्यवस्था गरिएको छ।
बिहान १० देखि साँझ ६ बजेसम्म चल्ने यस क्याम्पमा सहभागी भएर ग्राहकले नयाँ वर्षको विशेष अफरको लाभ लिन सक्नेछन्।
Post Views: 93