सार्वजनिक यातायातको भाडा वृद्धि

सरकारले इन्धनको मूल्य बढेसँगै सार्वजनिक सवारीसाधनको भाडा १५.७५ देखि २१.६८ प्रतिशतसम्म बढाएको छ।

यातायात व्यवस्था विभागले बुधबारदेखि लागू हुने गरी यात्रुवाहक र मालबाहक दुवै सवारीको भाडा बढाउने निर्णय गरेको हो।

नयाँ निर्णय अनुसार अन्तर प्रदेश चल्ने यात्रुवाहक सवारीको भाडा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ।

पहाडी रुटमा चल्ने मालबाहक सवारीको २१.६८ र तराईमा चल्नेको १५.७५ प्रतिशतले भाडा बढाइएको छ।

पेट्रोल र डिजेलको मूल्यमा लगातार ठूलो वृद्धि भएपछि व्यवसायीको दबाबमा सरकारले यो कदम चालेको हो।

यो भाडा वृद्धि दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने राष्ट्रिय रुटहरूमा मात्र लागू हुने बताइएको छ।

स्थानीय रुटको भाडा भने सम्बन्धित प्रदेश सरकारले नै निर्धारण गर्ने व्यवस्था विभागले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *