घोप्टे भिरको भित्तो काट्ने कार्य सम्पन्न

पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकखण्डअन्तर्गत पर्ने घोप्टे भिरको भित्तो काट्ने काम सफलतापूर्वक सम्पन्न भएको छ।

सडक विस्तारका लागि छ दिनसम्म रातको समयमा सवारी आवागमन बन्द गरेर २ सय ५० मिटर लामो भित्तो काटिएको हो।

भित्तो काटिएसँगै यो खण्डको सडक अब ४ मिटर थपिएर कुल १२ मिटर फराकिलो भएको आयोजनाले जनाएको छ।

चैत १७ देखि २२ गतेसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक रोकेर मेसिन र जनशक्ति परिचालन गरिएको थियो।

नागढुंगा–मुग्लिन सडक स्तरोन्नति आयोजनाअन्तर्गत यस खण्डको समग्र भौतिक प्रगति हालसम्म ४१ प्रतिशत पुगेको छ।

सडकका केही खण्डहरू ६ लेन र ४ लेनका हुनेछन् भने उकालो भागमा तीन लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइनेछ।

विश्व बैंकको सहयोगमा शर्मा–जेडआइसिजीले ४ अर्ब ८० करोड लागतमा यो सडक स्तरोन्नतिको काम गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *