मालिका धुरी जोड्ने सडक विस्तार

म्याग्दीको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मालिका धुरी अब तीनतर्फबाट सडक सञ्जालमा जोडिएको छ।

हिदीदेखि मालिकाको फेदी जुगेदेउराली जोड्ने तेस्रो सडकको मार्ग खुलेपछि भक्तजन र पर्यटकलाई थप सहज भएको छ।

यो नयाँ सडक मार्ग बेनीदेखि मालिका पुग्ने सबैभन्दा छोटो दूरीको विकल्प हुने स्थानीयको दाबी छ।

सडक निर्माणका लागि गाउँपालिकाको बजेट र स्थानीय बासिन्दाहरूको चन्दा सहयोग परिचालन गरिएको छ।

सडक पुगेपछि साढे चार घण्टाको पैदल यात्रा अब गाडीमा करिब एक घण्टामै छोटिएको छ।

मालिका धुरीबाट धौलागिरि र अन्नपूर्ण हिमश्रृंखलाका साथै मनोरम सूर्योदय र सूर्यास्तको दृश्य देख्न सकिन्छ।

समुद्री सतहदेखि ३,४०० मिटर उचाइमा रहेको यो स्थलमा कालिका, मालिका र जालपादेवीको पूजाआजा हुने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *