नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसरज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८३ को अवसरमा नयाँ योजना ल्याएको छ।
‘बजाज न्यू इयरको क्यूआर’ नाम दिइएको यस अफरले ग्राहकलाई क्यूआर स्क्यान गरेर खेल खेल्दै पुरस्कार जित्ने अवसर दिनेछ।
कम्पनीका अनुसार ग्राहकले शोरुम, सामाजिक सञ्जाल वा अन्य स्थानमा रहेका क्यूआर कोड स्क्यान गरी सहभागी हुन सक्नेछन्।
हरेक दिन एक जना भाग्यशाली विजेताले स्मार्ट वाच जित्ने व्यवस्था गरिएको छ।

यसका साथै बजाज खरिद गर्ने ग्राहकले अधिकतम १ लाख रुपैयाँसम्म नगद र अन्य उपहार जित्न सक्नेछन्।
क्यूआर कोडलाई भुक्तानीभन्दा बाहिर प्रयोग गरी नगद जित्ने नयाँ अनुभव दिन खोजिएको कम्पनीले जनाएको छ।
कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले यसले ग्राहकलाई नयाँ र रोचक अनुभव दिने विश्वास व्यक्त गरेका छन्।
यो योजना देशभर रहेका बजाजका सबै आधिकारिक शोरुममा लागू हुनेछ।
ग्राहकले सजिलै क्यूआर स्क्यान गरेर यस योजनामा सहभागी भई विभिन्न उपहार जित्न सक्नेछन्।
कम्पनीका अनुसार नयाँ वर्षको यो अफरले ग्राहकमा थप उत्साह ल्याउने अपेक्षा गरिएको छ।
Post Views: 89