सहजपुर सडक स्तरोन्नति सुरु

कैलालीको चुरे गाउँपालिकास्थित सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति सुरु भएको छ। यो सडक धनगढी–दिपायल फास्ट ट्र्याकसँग जोडिन्छ र कुल लम्बाइ १४.८३५ किलोमिटर छ।

पूर्वाधार विकास कार्यालय कैलालीका इञ्जिनियर सूर्यप्रकाश जोशीका अनुसार स्तरोन्नति विश्व बैंकको सहयोगमा प्रादेशिक र स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत भइरहेको हो।

सडक स्तरोन्नतिका लागि ३६ करोड ३० लाख ९९ हजार रुपैयाँमा ठेक्का सम्झौता भई काम सुरु भएको छ।

ढुकेचु एएनके जोशी जेभी निर्माण कम्पनीसँग गत वैशाख १ गते ठेक्का सम्झौता भएको र निर्माण २०८४ जेठ ३ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

सहजपुरदेखि घरखेडासम्म ६ किलोमिटर सडक कालोपत्र गरिने छ भने घरखेडादेखि निगालीसम्म बाँकी ८.८३५ किलोमिटरमा पनि कालोपत्र हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *