नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशको सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट रविप्रसाद आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ।
नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्षमा विकासप्रसाद कंडेल, द्वितीय उपाध्यक्षमा भुवानीप्रसाद अधिकारी, महासचिवमा श्यामप्रसाद लामिछाने, सचिवमा शोभाखर तिवारी, कोषाध्यक्षमा सुमन कुँवर र सह–कोषाध्यक्षमा संगीता अधिकारी आचार्य चयन भएका छन्।
सदस्यहरूमा आनन्दराज अधिकारी, रविन्द्र कुँवर, मित्रलाल अधिकारी, प्रतिक लामिछाने र सुरज सापकोटा रहेका छन्।
अधिवेशनका लागि वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापाको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो, जसमा संघका केन्द्रीय अध्यक्ष भीमबहादुर गोले तामाङ लगायतको सहभागिता थियो।
कार्यक्रममा नवनिर्वाचित पदाधिकारीलाई विभिन्न अतिथिहरूले बधाई तथा शुभकामना दिएका थिए।
नवनिर्वाचित अध्यक्ष आचार्यले पर्यटक यातायात सेवालाई अझ गुणस्तरीय बनाउने र हरियो नम्बर प्लेटको महत्व जोगाइराख्ने प्रतिबद्धता व्यक्त गरे।
सो अवसरमा पर्यटन क्षेत्रको विकासमा योगदान पुर्याएको भन्दै रासस गण्डकी प्रमुख वासुदेव पौडेललाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो।
त्यस्तै हरियो नम्बर प्लेटको पर्यटक यातायात भित्र्याउने हरिध्वज तुलाचन तथा उत्कृष्ट कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले पर्यटन क्षेत्रमा पर्यटक यातायातको भूमिका महत्वपूर्ण रहेको र यस क्षेत्रका समस्याको समाधानका लागि सहकार्य आवश्यक रहेको बताएका छन्।