वाडा अटो शो हुँदै

पर्यटकीय शहर पोखरामा चैत ११ देखि १५ गतेसम्म ‘दोस्रो वाडा अटो शो’ आयोजना हुने भएको छ।

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) को आयोजना र नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको मुख्य प्रस्तुतिमा लेकसाइडस्थित तालबाराही चोक नजिकैको चौरमा कार्यक्रम सञ्चालन हुनेछ।

कार्यक्रम व्यवस्थापन गरिरहेको ग्लोबल एक्स्पोजिसन एण्ड म्यानेजमेन्ट सर्भिस प्रालिका अनुसार स्टल बुकिङ र प्रदर्शनी स्थल निर्माणको काम तीव्र रूपमा भइरहेको छ।

अटो शोमा आधुनिक प्रविधियुक्त तथा नयाँ मोडलका सवारी साधनहरू अवलोकन गर्न पाइनेछ।

साथै सवारी खरिद गर्ने ग्राहकका लागि विशेष छुट र आकर्षक उपहारको व्यवस्था गरिने आयोजकले बताएका छन्।

नेपालमा उपलब्ध धेरै चर्चित अटोमोबाइल ब्रान्डहरू सहभागी हुने भएकाले एउटै स्थानमा विभिन्न गाडी तुलना गरेर छनोट गर्न चाहने ग्राहकका लागि कार्यक्रम उपयोगी हुने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *