बजाज एक्सचेन्ज मेला

पोखराका अटोमोबाइल पारखीहरूका लागि इच्छाशक्ति अटोमोबाइल्स प्रा.लि. (बजाज पोखरा) ले ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ आयोजना गर्ने भएको छ।

चैत ८ देखि १३ गतेसम्म पोखराको अमरसिंह चोकस्थित अमरसिंह चौरमा सञ्चालन हुने मेलामा ग्राहकले जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज मोटरसाइकल लिन सक्नेछन्।

कम्पनीका अनुसार पुराना सवारी साधनको बजारअनुसार राम्रो मूल्यांकन गरिनेछ र त्यसमा थप अतिरिक्त भ्यालुएसन सुविधा पनि दिइनेछ।

मेलामा नयाँ बजाज मोटरसाइकल खरिद गर्दा आकर्षक नगद छुट, शून्य प्रतिशत सेवा शुल्कमा सजिलो फाइनान्स सुविधा तथा प्रत्येक खरिदमा निःशुल्क एसेसोरिज उपलब्ध गराइने जानकारी दिइएको छ।

कम्पनीले ग्राहकलाई सहज, छिटो र झन्झटरहित तरिकाले नयाँ सवारी साधन उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरिएको जनाएको छ। मेला हरेक दिन बिहान १० बजेदेखि साँझसम्म सञ्चालन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *