पञ्चमी सडक कालोपत्र सुरु

खोटाङको खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमी बजार जोड्ने सडकमा कालोपत्र (पिच) गर्ने काम सुरु गरिएको छ।

कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअनुसार करिब ३० करोड रुपैयाँ बजेटमा सडक स्तरोन्नति अघि बढाइएको हो।

युएसजी–रक्तकन्या–हिमशृङ्खला जेभीले करिब १७ करोड ३० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेर ८.२ किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा लिएको छ। सम्झौताअनुसार काम दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

सडक निर्माण सम्पन्न भएपछि खोटाङको दक्षिणी भेगसँग आवतजावत सहज हुने, समय र खर्च घट्ने तथा स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *