विश्वकै अग्रणी राइड–सेयर कम्पनी उबरले रोबोट्याक्सी परियोजनाका लागि एलन मस्कको टेस्ला भन्दा रिभियनलाई रोज्दै ठूलो लगानी गर्ने योजना अघि बढाएको छ।
उबर र विद्युतीय सवारी निर्माता रिभियनबीच रणनीतिक सहकार्य भएको छ, जसअनुसार उबरले रिभियनको आर–टू प्लेटफर्ममा आधारित हजारौँ स्वचालित रोबोट्याक्सी सञ्चालन गर्ने तयारी गरेको छ।
यसका लागि उबरले करिब १ अर्ब २५ करोड अमेरिकी डलरसम्म लगानी गर्ने योजना बनाएको छ।
यी रोबोट्याक्सीहरू अत्याधुनिक क्यामेरा, राडार र लिडार सेन्सरले सुसज्जित हुनेछन्, जसले ‘लेभल ४’ स्तरको अटोनोमस ड्राइभिङ सम्भव बनाउने लक्ष्य राखिएको छ।
सुरुवाती चरणमा सन् २०२८ सम्म अमेरिका का प्रमुख सहरहरूमा सेवा सुरु गर्ने र पछि अन्य देशमा विस्तार गर्ने योजना रहेको छ।
यो सहकार्यलाई उबरको एआई–आधारित भविष्यतर्फको महत्वपूर्ण कदम मानिएको छ भने रिभियनका लागि पनि ठूलो वित्तीय सहयोग हुने विश्लेषण गरिएको छ।
Post Views: 65