म्याग्दीको हिदीदेखि धार्मिक तथा पर्यटकीय स्थल मालिका धुरी जोड्ने सडक निर्माण सुरु गरिएको छ।
मंगला गाउँपालिका र स्थानीयवासीको सहकार्यमा सुरु गरिएको यो सडकले हिदी, सुर्ती चढाउने डाँडा, गिद्रे देउराली, धौलेखर्क हुँदै जोगी देउरालीसम्म जोड्ने लक्ष्य राखेको छ।
गाउँपालिकाले छुट्याएको बजेटसँगै स्थानीयले चन्दा संकलन गरेर काम अघि बढाएका छन्।
हालसम्म केही किलोमिटर सडकको ट्र्याक खोलिसकिएको छ र थप सहयोग जुटाएर जोगी देउरालीसम्म सडक विस्तार गर्ने योजना रहेको छ।
सडक सञ्चालनमा आएपछि हिदीदेखि मालिका पुग्न लाग्ने ४–५ घण्टाको पैदल यात्रा छोटिएर करिब २ घण्टामा सवारीमार्फत पुग्न सकिने अपेक्षा गरिएको छ।
यसले बेनीदेखि मालिकासम्मको दूरी छोट्याउने र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ।