सुदूरपश्चिमका मुख्यमन्त्री Kamal Bahadur Shah ले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थित बनाउन कडा निर्देशन दिएका छन्।
धनगढीमा बसेको बैठकमा उनले ग्यास, पेट्रोल र डिजेलमा कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी हुनसक्ने जोखिमप्रति सचेत रहन आग्रह गर्दै यस्तो कार्य गर्नेलाई कानुनअनुसार कारबाही गर्न निर्देशन दिएका हुन्।
बैठकले बजार अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णय पनि गरेको छ। सरकारी निकाय, व्यवसायी र उपभोक्ता सम्बन्धी संस्थाहरूबीच समन्वय गरेर आपूर्ति प्रणालीलाई व्यवस्थित गर्ने सहमति भएको छ।
अहिलेसम्म सुदूरपश्चिममा ग्यास अभाव नभएको र पेट्रोल–डिजेल आपूर्ति सामान्य अवस्थामा रहेको सम्बन्धित कार्यालयले जनाएको छ।
Post Views: 100