एमएडब्ल्यू वृद्धिले देशभर ‘मेगा एक्सचेन्ज कार्निभल’ आयोजना गर्ने घोषणा गरेको छ।
यो कार्यक्रम चैत १२ देखि १४ सम्म सञ्चालन हुनेछ, जसमा दिपल, अवतार, नामी र सेरेस जस्ता इभी ब्रान्डहरू एकै ठाउँमा उपलब्ध हुनेछन्। ग्राहकले नयाँ प्रविधियुक्त गाडीमा सजिलै अपग्रेड गर्न पाउनेछन्।
कार्यक्रममा पुराना गाडी साट्दा उच्च मूल्यांकन, नगद बचत, एक्सचेन्ज बोनस, निःशुल्क बिमा, चार्जर प्याकेज र लामो वारेन्टीजस्ता सुविधा दिइनेछ।
बढ्दो इन्धन मूल्य र वातावरणीय सचेतनाका कारण विद्युतीय सवारीतर्फ आकर्षण बढ्दै गएको अवस्थामा यस्तो अफर उपयुक्त अवसर बन्ने कम्पनीको विश्वास छ।
काठमाडौं उपत्यकामा कार्यक्रम विभिन्न स्थानमा हुनेछ भने उपत्यका बाहिर सम्बन्धित सोरुमहरूबाट पनि सेवा उपलब्ध हुनेछ। साथै कार्यक्रममा मनोरञ्जनका गतिविधि समेत समावेश गरिनेछन्।