वाडा अटो शो प्रायोजन

पोखरामा हुने दोस्रो संस्करणको ‘वाडा अटो शो’लाई दीर्घायु पोखरा हस्पिटलले ‘हस्पिटल पार्टनर’का रूपमा साथ दिएको छ।

सम्झौताअनुसार अटो शो हेर्न आउने दर्शकले हस्पिटलका सेवामा विशेष सुविधा पाउनेछन्। टिकट देखाएर सबै सेवामा २० प्रतिशत छुट लिन सकिनेछ भने हरेक दिन लक्की ड्रमार्फत पाँच जनालाई निःशुल्क स्वास्थ्य प्याकेज पनि प्रदान गरिनेछ।

नयाँ बजार, पोखरामा रहेको उक्त हस्पिटलले आधुनिक उपकरण र विशेषज्ञमार्फत विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ र अहिले यसको सञ्चालन पाँचौं वर्षमा पुगेको छ।

यो अटो शो चैत ११ देखि १५ सम्म पोखराको लेकसाइडस्थित तालबाराही चोक नजिक आयोजना हुनेछ। कार्यक्रममा नयाँ प्रविधिका सवारी साधन अवलोकन गर्न र सहुलियतमा खरिद गर्ने अवसर पाइने आयोजकको विश्वास छ।

नाडाको प्रस्तुतिमा वाडाले आयोजना गर्ने यस कार्यक्रमको व्यवस्थापन ग्लोबल एक्स्पोजिसन एण्ड म्यानेजमेन्ट सर्भिस प्रालिले गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *