यातायात सुधार प्रतिवेदन पेश

यातायात क्षेत्र सुधारसम्बन्धी अध्ययन प्रतिवेदन गृहमन्त्री समक्ष पेश गरिएको छ।

जाँचबुझ आयोगले सर्वोच्च अदालतका आदेश र फैसला कार्यान्वयनको अवस्थाबारे अध्ययन गरी गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रतिवेदन बुझाएको हो।

आयोगका अध्यक्ष दीपक सुवेदीसहितको टोलीले प्रतिवेदन बुझाएको र मन्त्री अर्यालले त्यसलाई छिट्टै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।

मन्त्रिपरिषद्को निर्णयअनुसार गठन गरिएको तीन सदस्यीय आयोगमा शरद अधिकारी र योगेन्द्रनाथ कर्माचार्य सदस्य रहेका थिए। आयोगले तोकिएको समयभन्दा थप अवधि लिएर अध्ययन सम्पन्न गरेको हो।

प्रतिवेदनमा यातायात क्षेत्रका विभिन्न समस्या, कानुनी व्यवस्था, सवारीको गुणस्तर, सडक मापदण्ड, प्रदूषण, रुट अनुमति, सुरक्षा, दुर्घटना जिम्मेवारी तथा सिन्डिकेट जस्ता विषय समेटिएका छन्।

यस अध्ययनले यातायात प्रणालीलाई सुधार गर्न आवश्यक नीति तथा कार्यान्वयनका उपायसमेत सुझाएको छ, जसले आगामी दिनमा क्षेत्र सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *