अटो शोमा एसटीसी साथ

पोखरामा आयोजना हुन लागेको वाडा अटो शो २०२६ लाई एसटीसी ब्याट्रीले प्रायोजन गरेको छ।

एसटीसी ग्रुपअन्तर्गत उत्पादन हुने एसटीसी राइड र एसटीसी इनर्जी ब्याट्रीले ‘पावर्ड बाई’ प्रायोजकका रूपमा अटो शोमा साथ दिएको हो।

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)को आयोजनामा पोखराको लेकसाइडस्थित तालबाराही नजिक चैत ११ देखि १५ गतेसम्म अटो शो सञ्चालन हुनेछ।

आयोजकका अनुसार अटो शोको तयारी अन्तिम चरणमा पुगेको छ र कार्यक्रममा नयाँ प्रविधिका सवारी साधन तथा विभिन्न ब्रान्डका गाडीहरू प्रदर्शन गरिनेछन्।

यस कार्यक्रमले ग्राहकलाई विशेष छुटमा गाडी खरिद गर्ने अवसर दिनुका साथै अटोमोबाइल क्षेत्रका नयाँ प्रविधि नजिकबाट बुझ्ने मौका दिने विश्वास गरिएको छ।

नेपालमै उत्पादन भइरहेको एसटीसी ब्याट्री मकवानपुरको हेटौंडास्थित उद्योगबाट उत्पादन हुँदै आएको छ र यसले अन्तर्राष्ट्रियस्तरको उत्पादन गरिरहेको कम्पनीको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *