एनओसी पाएका तीन एयरलाइन्स

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले डाँफे एयरलाइन्स, हेली एयर नेपालसगरमाथा एयरलाइन्सलाई नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्रदान गरेको छ।

प्राधिकरणका प्रवक्ता विक्रम गौतमका अनुसार यी कम्पनीले जहाज किन्दै आएका छन् र आवश्यक प्रक्रिया पूरा भएपछि उडानको लागि एओसी (उडान अनुमति) दिइनेछ।

एओसी पाउन कम्पनीहरूले पाँच चरणको प्रक्रिया — प्रि‑एप्लिकेसन, एप्लिकेसन, कागजात, निरीक्षण र प्रदर्शन पूरा गर्नुपर्छ।

त्यस्तै फिक्सविङ डाँफे एयरलाइन्स, हेली एयर नेपाल, गगन चुम्बी, सगरमाथा, सुमेदा र बलुन उडानको लागि बीबी एयर समेत एओसी प्रक्रियामा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *