बागलुङको कुडुले र म्याग्दीको रत्नेचौरलाई जोड्ने ३८८ मिटर लामो झोलुंगे पुलले अब जिल्लाबासी र पर्यटकको लागि सुविधा दिएको छ।
यस पुलले ढोडेनी खोलालाई पार गरेर म्याग्दी र बागलुङका गाउँहरूलाई जोड्दै कृषि उत्पादन बिक्री र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।
बेनी नगरपालिका-१ का वडाअध्यक्ष टेकबहादुर थापाका अनुसार, पुल बन्नुअघि डेढ घण्टा लाग्ने यात्रा अब पाँच मिनेटमै पूरा हुने भएको छ।
रत्नेचौरका स्थानीय मेखबहादुर बोगटीले बताए अनुसार, पुलले खेलमैदान, श्रीलक्ष्मीहरि मन्दिर र बुढोपोखरीजस्ता पर्यटकीय स्थलमा पुग्न सजिलो भएको छ।
म्याग्दीमा यसअघि पनि तीन सय मिटरभन्दा लामो झोलुंगे पुलहरू निर्माण भइसकेका छन्, जसले गाउँबीचको यात्रा छोट्याउँदै स्थानीय उत्पादन र पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याएका छन्।
Post Views: 65