एनओसी पाएका तीन एयरलाइन्स

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले डाँफे एयरलाइन्स, हेली एयर नेपाल र सगरमाथा एयरलाइन्सलाई नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्रदान गरेको छ।

प्राधिकरणका प्रवक्ता विक्रम गौतमका अनुसार यी कम्पनीले जहाज किन्दै आएका छन् र आवश्यक प्रक्रिया पूरा भएपछि उडानको लागि एओसी (उडान अनुमति) दिइनेछ।

एओसी पाउन कम्पनीहरूले पाँच चरणको प्रक्रिया — प्रि‑एप्लिकेसन, एप्लिकेसन, कागजात, निरीक्षण र प्रदर्शन पूरा गर्नुपर्छ।

त्यस्तै फिक्सविङ डाँफे एयरलाइन्स, हेली एयर नेपाल, गगन चुम्बी, सगरमाथा, सुमेदा र बलुन उडानको लागि बीबी एयर समेत एओसी प्रक्रियामा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *