Skip to content
नाडाको नयाँ कार्य समितिलाई शपथ ग्रहण गर्ने बाटो खुलेको छ।
पाटन उच्च अदालतले निर्वाचन प्रक्रिया बदर गर्न माग गर्दै दायर गरिएको रिट खारेज गरेपछि यस्तो भएको हो।

अदालतमा रिट परेपछि निर्वाचन सम्पन्न भए पनि नयाँ कार्यसमितिको शपथ कार्यक्रम रोकिएको थियो।
पाटन उच्च अदालतले बुधबार रिट खारेज गर्ने आदेश दिएपछि नयाँ नेतृत्वलाई शपथ लिएर काम सुरु गर्ने कानुनी बाटो खुलेको छ।
नाडाका अध्यक्ष सुरेन्द्र उप्रेतीका अनुसार अदालतको निर्णयपछि बिहीबार शपथ ग्रहण कार्यक्रम राखिएको छ।

यसअघि पुस १७ गते नाडाको नयाँ कार्यसमिति निर्विरोध चयन भएको थियो।
पुस २५ गते शपथ कार्यक्रम तय गरिएको भए पनि अदालतमा रिट दायर भएपछि उक्त कार्यक्रम रोकिएको थियो।
अदालतले रिट खारेज गरेपछि अब नयाँ कार्यसमितिले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने बाटो खुलेको छ।
Post Views: 196