inDrive ड्राइभर सम्मान समारोह

काठमाडौं, नेपाल – inDrive ले आफ्नो उत्कृष्ट ड्राइभर पार्टनरहरूलाई सम्मान गर्दै Driver Partner Excellence Awards: ‘Biswasko Samman’ आयोजना गरेको छ ।

यस अवसरमा लामो समयदेखि प्लेटफर्ममा सेवा दिँदै आएका र लगातार उत्कृष्ट प्रदर्शन गरेका ड्राइभरहरूलाई सम्मान गरिएको हो।

कार्यक्रममा क्याब र मोटो दुवै वर्गका ८० जना ड्राइभर पार्टनरहरूलाई विभिन्न श्रेणीमा पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रमको मुख्य उद्देश्य ड्राइभर र यात्रुबीचको विश्वास, सेवा प्रतिबद्धता र पेशागत उत्कृष्टतालाई प्रोत्साहित गर्नु रहेको आयोजकहरूले बताए।

inDrive नेपालले यस प्रकारका पहलमार्फत मात्र संख्यामा नभई निष्ठा, भरोसा र उत्कृष्ट सेवा लाई पनि मूल्यांकन गर्दै आफ्नो प्लेटफर्ममा दीर्घकालीन विकास सुनिश्चित गर्ने उद्देश्य राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *