Skip to content
Department of Transport Management Nepal ले छापिएका १ हजार ६७३ वटा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को विवरण सार्वजनिक गरेको छ।
विभागले सोमबार आफ्नो फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मार्फत यो जानकारी सार्वजनिक गरेको हो।
विभागका अनुसार छापिएका लाइसेन्स सम्बन्धित सेवाग्राहीहरूले अब प्राप्त गर्न सक्नेछन्।
लाइसेन्स लिन आउँदा सेवाग्राहीहरूले सक्कल राजश्व तिरेको सबै रसिद र पुरानो सवारी चालक अनुमतिपत्र साथमा ल्याउनुपर्ने बताइएको छ।
विभागले आवश्यक कागजातसहित सम्बन्धित कार्यालयमा उपस्थित भएर आफ्नो लाइसेन्स बुझ्न सेवाग्राहीलाई अनुरोध गरेको छ।
Post Views: 99