Skip to content
निर्वाचनको तीन दिनअघि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिने भए पनि हवाई सेवा भने नियमित रूपमा सञ्चालनमा रहने व्यवस्था मिलाइएको छ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ७२ घण्टा अघि सीमा नाका बन्द गर्ने प्रस्ताव गृह मन्त्रालयमार्फत सरकारलाई पठाएको छ।
त्यसैअनुसार, मतदान मितिभन्दा ७ दिनअघि मादक पदार्थ बिक्री–वितरणमा रोक लगाउने निर्णय पनि गरिएको छ।
तर मतदानका दिनसम्म अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडानहरू यथावत् संचालन गरिने व्यवस्था गर्ने निर्देशन दिइएको छ।
टिकटधारी यात्रुहरूले विमानस्थलदेखि बसोबाससम्म निजी वा एयरलाइनले उपलब्ध गराएको सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था पनि सुनिश्चित गरिएको छ।
Post Views: 70