बुर्तिबाङ सवस्टेसन सञ्चालन

१३२ केभी बुर्तिबाङ सवस्टेसन नियमित रूपमा सञ्चालनमा आएको छ।

यो सवस्टेसन यही फागुन २ गते निर्माण पूरा भएपछि फागुन ३–४ गते परीक्षण गरिएको थियो र मंगलबारदेखि पूर्ण रूपमा सेवा सुरु भएको हो।

गतीय वर्ष निर्धारित समयभन्दा ढिलो बन्नुको प्रमुख कारण स्थानीयले बडिगाडमा टावर र लाइन निर्माणमा अवरोध पुर्‍याउनु भएको हो।

सर्वोच्च अदालतले डिट खारेजी गरेपछि काम वृद्धि भएर पूरा भएको आयोजना प्रमुखले जानकारी दिनुभएको छ।

यो सवस्टेसनको काम कपिलवस्तुको मोतिपुरदेखि बुर्तिबाङसम्म ८६ किलोमिटर प्रसारण लाइन बनाउन गरी ४ अर्ब ७९ करोड रुपैयाँ लागतमा सम्पन्न गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *