सुजुकी ई-भिटारा भारतमा सार्वजनिक

काठमाडौं। सुजुकीले आफ्नो नयाँ इलेक्ट्रिक गाडी ई-भिटारा भारतको बजारमा सार्वजनिक गरेको छ।

यो गाडी यसअघि नाडा अटो शोमा पनि देखाइएको थियो र अब भारतीय बजारमा बिक्री सुरु भएसँगै चाँडै नेपालमा पनि आउने सम्भावना बढेको छ।

भारतमा सुरु गरिएको ई-भिटाराको सुरु मूल्य भारु १० लाख ९९ हजार तोकिएको छ, र ग्राहकहरूले ब्याट्री रेन्टल शुल्क (प्रति किलोमिटर ३.९९ भारु) तिरेर गाडी चलाउन पाउने छन्।

सुरुमा डेल्टा ट्रिममा ४९ किलोवाट ब्याट्री, र उच्च मोडेलमा ६१ किलोवाट ब्याट्री दिइनेछ, जसले एक पटक चार्जमा लगभग ४४०–५४३ किलोमिटर यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।

गाडीमा बाइब्याक ग्यारेन्टी, ८ वर्ष/१,६०,००० किमि ब्याट्री वारेन्टी, र ३ वर्ष सामान्य वारेन्टी पनि उपलब्ध हुने सुविधा दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *