चितवनको भरतपुर विमानस्थलमा नेपाल आयल निगमले बुधबारदेखि हवाई जहाजका लागि इन्धन ‘रिफिलिङ’ (भरिने) सेवा सुरु गरेको छ।
निगमका निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार यात्रुहरुको चाप बढ्दै गएकाले रिफिलिङ काउन्टर राखिएको हो र अब जहाजले इन्धन लिएर आउन नपरी दश योग्य रुपमा इन्धन भर्न सकिनेछ।
यहाँ दुईवटा काउन्टरबाट दैनिक २२ हजार लिटर इन्धन उपलब्ध हुनेछ र पहिले जस्तै दैनिक भरतपुर–काठमाडौं तथा आंशिक रूपमा भरतपुर–पोखरा उडानहरु भइरहेकै छन्।
बुद्व एयरका म्यानेजर भक्तबहादुर बस्नेतले अब जहाजलाई सजिलै इन्धन मिल्ने भएको बताए।