टीभीएस एनटीओआरक्यू १२५ बिक्री उस्तै

काठमाडौंमा टीभीएस एनटीओआरक्यू १२५ स्कुटरले नेपालमा १.५ लाख प्रयोगकर्ता पार गरेको छ ।

यस उपलब्धीलाई सम्मान गर्दै जगदम्बा मोटर्सले देशभरका अधिकृत टीभीएस शोरुमहरूमा सेलिब्रेसन कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा ग्राहक, राइडर समुदाय, डिलर र स्कुटर प्रेमीहरूको उपस्थिति रहेको थियो ।

कम्पनीले यो उपलब्धी ग्राहक भरोसा, डिलर नेटवर्क, बिक्री, सेवा, स्पेयर पार्ट्स र मार्केटिङ टोलीको समर्पणको परिणाम भएको बताएको छ ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले १.५ लाख राइडरको उपलब्धी नेपाली राइडरहरूको विश्वास र सेवा नेटवर्कको प्रतिबद्धता को परिणाम भएको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *