त्रिभुवनमा अवतरण ढिला

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण प्रभावित भएको छ ।

प्रतिकूल मौसमका कारण भिजिबिलिटी घटेको हुनाले केही विमानहरू अवतरण गर्न ढिला भएका छन् र यात्रुहरू अलपत्र परेका छन् ।

भिजिबिलिटी अहिले करिब १६०० मिटर मात्र हुँदा आइएफआर (इन्स्ट्रुमेन्ट फ्लाइट रुल) लागू गरिएको छ, जसको कारण अवतरण डिलेको विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमार बस्नेतले जानकारी दिए ।

टर्कीको इस्तानबुलबाट आएका एक विमान भन्सारमा ‘ग्राउन्ड प्रक्सिमिटी वार्निङ सिस्टम’ समस्या देखिएपछि बंगलादेशको ढाका डाइभर्ट भएको थियो, तर पछि ढाका–त्रिभुवन उडान सुरक्षित रूपमा भएको छ ।

त्यस्तै, विराटनगर जाने बुद्ध एयरको जहाजमा ब्रेक समस्या देखिएपछि टेकअफमा केही ढिला भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *