जगदम्बाको नयाँ ईभी बस

जगदम्बा ट्राभल्सले पृथ्वी राजमार्ग बस सञ्चालन कम्पनी प्रा.लि.सँग आबद्ध भएर पोखरा–काठमाडौँ–वनेपाधुलिखेल–पोखरा रुटमा चल्ने अत्याधुनिक विद्युतीय (EV) लक्जरी बस सेवा सुरु गर्ने भएको छ।

कम्पनीका अनुसार बस सेवाको औपचारिक उद्घाटन फागुन ६ गते बुधबार बिहान ८:०० बजे पोखरा–६ स्थित पोखरा इभेन्ट सेन्टरमा विशेष कार्यक्रममार्फत गरिनेछ।

कार्यक्रममा यातायात व्यवसायी, सरोकारवाला निकायका प्रतिनिधि र सर्वसाधारणको सहभागिता रहने बताइएको छ।

यो EV बस सेवाबाट वातावरणमैत्री, सुरक्षित र आरामदायी यात्रा सुविधा दिने लक्ष्य राखिएको छ।

बसको तालिकाअनुसार पोखराबाट बिहान ८:०० बजेकाठमाडौँबाट बिहान ५:०० बजे प्रस्थान हुनेछ।

कम्पनीले सबै यात्रु तथा शुभेच्छुकलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *