पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएसन (वाडा) ले ‘वाडा अटो शो’लाई निरन्तरता दिने भएको छ।
पहिलो संस्करण सफल भएपछि यस वर्ष वाडा अटो शो २०२६ पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा आयोजना हुने भएको हो।
वाडाका अध्यक्ष दिपेन्द्र कोइरालाका अनुसार अटो शो चैत ११ देखि १५ गतेसम्म पोखरा लेकसाइडको तालबाराही चोकस्थित खेल मैदानमा हुनेछ।
प्रदर्शनी व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेज (जेम्स ईभेन्ट्स) ले गर्नेछ भने स्टल बुकिङ छिट्टै खुल्ने बताइएको छ।
नयाँ वर्ष २०८३ को अवसरलाई लक्षित गरी आयोजना हुने यस अटो शोमा साना, मझौला र ठूला सवारीसाधन, पार्टपुर्जा, लुब्रिकेन्ट, टायर, वित्तीय संस्था लगायत अटो क्षेत्रका विभिन्न कम्पनीहरूको सहभागिता रहनेछ।
यसमा ईभी र आइसी इन्जिनका नयाँ ब्रान्ड, आकर्षक अफर, साथै मनोरञ्जनात्मक र जानकारीमूलक कार्यक्रमहरू पनि समावेश गरिने जनाइएको छ।