नेपाल ईभी बिक्रीमा दोस्रो

२०१९ पछि विश्वभर विद्युतीय कार (ईभी) को बिक्री तीव्र रूपमा बढेको छ।

सुरुमा केही देशमै सीमित रहेको ईभी बजार २०२५ को अन्त्यसम्म आइपुग्दा नयाँ कार बिक्रीमा धेरै देशमा ईभीको हिस्सा उल्लेख्य बनेको छ।

युरोपका नर्वे, डेनमार्क, स्वीडेन जस्ता देशहरूमा ईभी बिक्री निकै उच्च छ। यसबीच नेपाल पनि विश्वमै अगाडि देखिएको छ।

२०२५ मा नेपालमा बिक्री भएका नयाँ कारमध्ये ७३% विद्युतीय रहेको तथ्यांक छ, जसले नेपाललाई नर्वेपछि दोस्रो स्थानमा पुर्‍याएको छ। नर्वेमा भने २०२५ मा नयाँ कार बिक्रीमध्ये ९७% ईभी पुगेको छ।

ईभी बिक्री बढ्नुका मुख्य कारणहरूमा ठूला कम्पनीहरूले उत्पादन बढाउनु, चार्जिङ पूर्वाधार विस्तार हुनु, रेन्ज एन्जाइटी कम हुँदै जानु, रिसेल भ्यालुमा विश्वास बढ्नु, र आईसी इन्जिन कारसँग मूल्य अन्तर घट्दै जानु रहेका छन्।

यसका साथै, ब्याट्री प्रविधि सुधार हुँदै जाँदा ईभीप्रति उपभोक्ताको चासो बढेको छ।

केही देशमा पहिले दिइँदै आएको सरकारी सहुलियत क्रमशः घट्दै गए पनि विश्व बजारमा ईभीको लोकप्रियता अझै बढिरहेको छ।

सूची अनुसार २०२५ मा डेनमार्क (६९%), स्वीडेन (६१%), आइसल्यान्ड (५७%), फिनल्यान्ड (५६%), नेदरल्यान्ड (५६%), चीन (५३%) लगायत देशमा पनि ईभी हिस्सा ५०% आसपास वा माथि पुगेको छ।

अमेरिका (१०%), क्यानडा (९%), भारत (४%), जापान (३%) जस्ता देशमा भने ईभीको हिस्सा अझै कम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *