भारतको बिहार सरकारले ‘पशुपतिनाथ–बैद्यनाथधाम ४ लेन हाई स्पीड करिडोर’ नामको नयाँ एक्सप्रेसवे निर्माण गर्ने प्रस्ताव ल्याएको छ।
उक्त परियोजनामा २५० किलोमिटर लामो ग्रीनफिल्ड एक्सप्रेसवे बनाउने योजना रहेको बताइएको छ जसले धार्मिक पर्यटन र आर्थिक गतिविधिमा वृद्धि ल्याउने अपेक्षा गरिएको छ।
यो सडक नेपालको पशुपतिनाथदेखि भारतको बैद्यनाथधामसम्म जोडिने प्रस्ताव गरिएको छ।
यदि यो सडक बन्यो भने हालको करिब ५३० किलोमिटर दूरी २८० किलोमिटरसम्म छोटिनेछ र भारतबाट नेपाल आउने भक्तजनलाई आफ्नै गन्तव्यमा मात्र होइन व्यापार तथा पर्यटनमा सजिलो पथ प्रदान हुने जनाइएको छ।
तर नेपालतर्फ यस परियोजनाबारे अहिलेसम्म कुनै औपचारिक जानकारी वा छलफल भएको छैन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवले बताएका छन्।
उनीहरु भनेका छन् कि प्रस्ताव आएमा दुवै देशबीचको धार्मिक पर्यटन तथा कनेक्टिभिटी वृद्धि हुन सक्ने भएकाले सकारात्मक तरिकाले लिने तयारी हुने बताएका छन्।