लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि., नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक कम्पनीले “Hyundai x FIFA World Cup २०२६™ टेस्ट ड्राइभ क्याम्पेन” सुरु गरेको छ।
यो क्याम्पेन हुन्डाईको FIFA World Cup २०२६™ सँगको विश्वव्यापी साझेदारीलाई लक्षित गर्दै ल्याइएको हो।
कम्पनीका अनुसार यो क्याम्पेन अप्रिल २०२६ सम्म सञ्चालन हुनेछ।
यस अवधिमा नेपालभरका कुनै पनि हुन्डाई शोरूममा गएर हुन्डाईका कुनै पनि गाडीको टेस्ट ड्राइभ गर्ने ग्राहकले FIFA World Cup २०२६™ को खेल प्रत्यक्ष हेर्ने विशेष अवसर जित्ने सम्भावना पाउनेछन्।
भाग्यशाली विजेताले संयुक्त राज्य अमेरिका, क्यानडा वा मेक्सिको मध्ये कुनै एक आयोजक देशमा गएर खेल हेर्न पाउनेछन्।
साथै, विजेताले एक जना साथीसँग यो अनुभव साझा गर्न सक्नेछन्।
यो अभियानमार्फत ग्राहकहरूले टेस्ट ड्राइभ गरेर हुन्डाईका गाडीहरूको आराम, आधुनिक प्रविधि र प्रदर्शन क्षमता प्रत्यक्ष अनुभव गर्न पाउनेछन्।
साथै, अभियान अवधिमा हुन्डाई गाडी बुक गर्ने ग्राहकहरूलाई विशेष सुविधा तथा अफरहरू पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।
कम्पनीले इच्छुक ग्राहकहरूलाई नजिकको हुन्डाई शोरूममा गएर टेस्ट ड्राइभ क्याम्पेनमा सहभागी हुन आग्रह गरेको छ।