टोयोटाले आफ्नो लोकप्रिय एसयुभी हाइल्यान्डरको पूर्ण विद्युतीय (इभी) संस्करण बजारमा ल्याउने तयारी गरेको छ।
यो टोयोटाको नयाँ इभी लाइनअपमा थपिने महत्वपूर्ण मोडेल हुने बताइएको छ।
यो इभी हाइल्यान्डर दुई भेरियन्ट (XLE र Limited) मा आउन सक्छ। गाडीले करिब ५१५ किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता दिने दाबी गरिएको छ।
साथै छिटो चार्जिङ सपोर्ट हुने भएकाले छोटो समयमा ब्याट्री धेरै प्रतिशतसम्म चार्ज गर्न सकिने बताइएको छ।
इभी हाइल्यान्डरको मोटरबाट ३४३ हर्सपावर र ४३८ एनएम टर्क उत्पादन हुने उल्लेख छ।
नयाँ प्लेटफर्ममा बनाइएकाले यसको भित्री स्पेस र ड्राइभिङ अनुभव अझ राम्रो हुने अपेक्षा गरिएको छ।
भित्र ठूलो टचस्क्रिन, डिजिटल ड्राइभर डिस्प्ले, एम्बियन्ट लाइटिङ, आधुनिक सेफ्टी सिस्टम, वायरलेस एप्पल कारप्ले/एन्ड्रोइड अटो, ओभर–द–एयर अपडेट जस्ता सुविधा रहने छन्।
यो गाडीले बजारमा टेस्ला मोडेल Y र किआ EV9 जस्ता इभीसँग प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको देखिन्छ।