पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी–२ दुलेगौँडामा आज भएको सवारी दुर्घटनामा व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैसहित ४ जना घाइते भएका छन्।
दुलेगौँडाबाट पोखरातर्फ जाँदै गरेको एउटा मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ट्याक्सी आपसमा ठक्कर खाएपछि ट्याक्सीले अर्को सामान बोक्ने भ्यानमा पनि ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्याक्सीमा सवार उपप्रमुख इन्दिरा दरै, उनका २७ वर्षीय छोरा हेमन्त दरै, ट्याक्सी चालक ३८ वर्षीय सन्देश गोले र मोटरसाइकल चालक १८ वर्षीय समेशकुमार थापा घाइते भएका छन्।
गोलेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ भने बाँकी तीन जनाको पोखराको आविस्कार अस्पतालमा उपचार भइरहेको तनहुँ प्रहरीले जनाएको छ।