पोखरामा लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरूका लागि आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ ।
तालिमको उद्घाटन गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले करसम्बन्धी ज्ञानले व्यवसायीहरूको कर जानकारी बलियो हुने र व्यवसायमा सफलता मिल्ने बताए ।
संघका अध्यक्ष जानुका पराजुली अधिकारीले कर गणना, विवरण भर्न, कर चुक्ता गर्ने प्रक्रिया र करसम्बन्धी समस्याहरू समाधान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए ।
उनले राष्ट्रको आर्थिक समृद्धि, पारदर्शी कर प्रणाली र करप्रतिको सकारात्मक सोच विकासमा यो तालिमले मद्दत गर्ने विश्वास व्यक्त गरे ।
तालिम व्यवस्थापन संयोजक सुजन न्यौपाने र प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले पनि करसम्बन्धी ज्ञान व्यवसायीका लागि आवश्यक भएको र परिवर्तन भइरहने कर नीतिबारे अपडेट रहनुपर्ने बताउनुभयो ।
करसम्बन्धी व्यावहारिक समस्याहरू समाधान गर्ने उद्देश्यले प्रशिक्षण प्रदान गरिएको थियो ।
७० भन्दा बढी उद्योगी तथा व्यवसायीहरूले यस कार्यक्रममा सहभागीता जनाएका थिए ।