एमएडब्लू राइड्स प्रालि अन्तर्गत यामाहा नेपालले सञ्चालन गरिरहेको ‘यामाहा रेजेडआर हाइब्रिड माइलेज लिग’ ले आफ्नो आधा चरण सफलतापूर्वक सम्पन्न गरेको छ।
केही महिनाअघि सुरु भएको यस प्रतिस्पर्धात्मक माइलेज च्यालेन्जमा नेपालका विभिन्न स्थानका वास्तविक सडक अवस्थामै स्कुटरको इन्धन दक्षता परीक्षण भइरहेको छ।
लिगको ग्रान्ड फिनाले आगामी असार २०८३ मा आयोजना हुने जनाइएको छ।
यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले एआरएआई प्रमाणित ७१.३३ किलोमिटर प्रतिलिटर माइलेज दिने दाबी गरे पनि, लिगअन्तर्गत वास्तविक राइडिङमा अझ राम्रो नतिजा देखिएको छ।
हालसम्म एक सहभागीले ८७.२० किलोमिटर प्रतिलिटर माइलेज हासिल गरेका छन् भने अन्य सहभागीहरू पनि सो नतिजाको नजिक पुगेका छन्।
यसले प्रयोगशालामा गरिएको दाबीलाई नेपाली सडकमा व्यवहारिक रूपमा प्रमाणित गरेको यामाहाको भनाइ छ।
यो माइलेज लिग तराईका समथर सडक, पहाडी उकालो–ओरालो, पिच हाइवे र अफ–रोड ट्रेलसम्म सञ्चालन गरिएको छ।
यामाहाले विगतमा देशका ७० भन्दा बढी स्थानमा माइलेज च्यालेन्ज सञ्चालन गरेको अनुभवलाई यस लिगमा समेट्दै ग्राहकलाई प्रत्यक्ष माइलेज अनुभव गराउने लक्ष्य लिएको छ।
लिग हाल सातै प्रदेश समेट्ने गरी प्रमुख शहरहरूमा सञ्चालन भइरहेको छ भने केही स्थानमा अन्तिम चरणका च्यालेन्ज हुन बाँकी छन्।
यामाहा नेपालका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले यो लिगलाई केवल प्रतियोगिता नभई नेपाली राइडरहरूप्रतिको प्रतिबद्धताको अभिव्यक्ति भएको बताए।
उनका अनुसार वास्तविक सडकमा उत्कृष्ट माइलेज देखाउनु नै यामाहाको मुख्य उद्देश्य हो।
नेपालमै सेग्मेन्टमा एकमात्र हाइब्रिड स्कुटर मानिने यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडमा स्मार्ट मोटर जेनेरेटर र अटोमेटिक स्टप–स्टार्ट प्रणाली जडान गरिएको छ, जसले शक्ति र माइलेजबीच सन्तुलन कायम गर्छ।
‘विनर अफ विनर्स’ उपाधिका लागि अन्तिम प्रतिस्पर्धा असार २०८३ मा हुनेछ।
Post Views: 26