किओस्कबाट खाता खोल्ने सुविधा

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकलाई छिटो, सहज र आधुनिक बैंकिङ सेवा दिन किओस्क मेसिनबाटै बैंक खाता खोल्न सकिने सुविधा सुरु गरेको छ।

बैंकको १९औँ वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरिएको यो सेवा हाल काठमाडौंको कमलादीस्थित शाखामा रहेको डिजिटल युनिभर्सबाट उपलब्ध छ।

ग्राहकले किओस्क मेसिनमार्फत आफ्ना व्यक्तिगत विवरण प्रविष्ट गरी आवश्यक कागजात अपलोड गरेपछि स्वतः खाता नम्बर प्राप्त गर्न सक्नेछन्।

यसअघि पनि बैंकले यही डिजिटल युनिभर्समार्फत क्यास डिपोजिट र चेक डिपोजिट जस्ता सेवा दिँदै आएको थियो।

बैंकले भविष्यमा यस्ता डिजिटल सेवाहरू अन्य स्थानमा पनि विस्तार गर्ने योजना बनाएको छ।

ग्लोबल आइएमई बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट बैंक अफ द इयर, बेस्ट बैंक नेपाल, बेस्ट इन्टरनेट बैंक, युरो मनी अवार्ड फर एक्सलेन्स, बेस्ट बैंक ईएसजी र बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ।

देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल फैलाएको यो बैंकसँग ३५२ शाखा, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वैदेशिक प्रतिनिधि कार्यालयसहित १ हजारभन्दा बढी सेवा केन्द्र छन्।

बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, खाडी मुलुक र भारतलगायत देशबाट रेमिट्यान्स सेवा सञ्चालन गर्दै नेपाली अर्थतन्त्रमा योगदान दिँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *