ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्त)सम्म खुद नाफा ६.५० प्रतिशतले बढाएर ३ अर्ब २५ करोड २१ लाख रुपैयाँमा पुर्याएको छ ।
यस अघि बैंकले सोही अवधिमा ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी यस वर्ष केही घटे पनि खर्च नियन्त्रण र अन्य आम्दानी बढी बनाउन सफल भएकोले नाफामा सुधार आएको छ ।
यस अवधिमा बैंकको कर्जा लगानी ५.५७ प्रतिशतले बढेर ४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ ।
बैंकको प्रति सेयर आम्दानी र नेटवर्थ दुवै बढेको छ । प्रति सेयर आम्दानी १ रुपैयाँ ४ पैसा बढेर १७ रुपैयाँ ६ पैसा पुगेको र नेटवर्थ १७५ रुपैयाँ २९ पैसा रहेको बताइएको छ ।
चालु आवमा बैंकले ६ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ ।