‘सवारी’ सुपर एप शुभारम्भ

नेपाली दक्ष जनशक्ति र पूर्ण रूपमा नेपाली लगानीमा विकसित बहुप्रतिक्षित सुपर एप ‘सवारी’ आगामी फागुन २ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ।

सवारी सेवा नेपाल लिमिटेडले नेपाली मौलिकता र प्रविधिलाई केन्द्रमा राखेर यो एप तयार पारेको हो।

कम्पनीले हाल काठमाडौंमा भइरहेको ‘प्रथम काठमाडौं महोत्सव’मा पावर्ड बाइ पार्टनरका रूपमा सहभागी हुँदै एपको सेवा सुरु हुनु अघि नै सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएको जनाएको छ।

महोत्सवमा चार दिनसम्म रहने स्टलमार्फत एपको प्रयोग विधि र प्रविधिबारे जानकारी दिइनेछ।

‘सवारी’ एपमार्फत यात्रासम्बन्धी सेवामात्र नभई दैनिक जीवनमा आवश्यक विभिन्न सेवाहरू एउटै प्लेटफर्ममा उपलब्ध हुनेछन्।

यसमा बाइक तथा कार राइड सेवा, खाना डेलिभरी, कागजात तथा सामान ढुवानी, होटल बुकिङ लगायतका सुविधाहरू काठमाडौँ उपत्यका तथा प्रमुख सहरहरूमा प्रदान गरिनेछ।

कम्पनीले आगामी दिनमा थप नयाँ सेवाहरू पनि विस्तार गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *