भारतले युरोपेली युनियन (ईयू)सँग बलियो व्यापार सम्झौता गर्न ईयूबाट आयात हुने तयारी कारमा लाग्ने कर ठूलो मात्रामा घटाउने योजना अघि सारेको छ।
हाल ११० प्रतिशतसम्म लाग्दै आएको करलाई ४० प्रतिशतमा सीमित गर्ने प्रस्ताव गरिएको हो।
यो योजना अनुसार १५ हजार युरोभन्दा महँगा र सीमित संख्यामा आयात हुने कारमा मात्र ४० प्रतिशत कर लगाइनेछ।
मोदी सरकारले ईयूका २७ देशबाट आउने कारमा लागू हुने यो व्यवस्थाले फक्सवागन, मर्सिडिज बेन्ज, बीएमडब्लु जस्ता युरोपेली कार कम्पनीलाई प्रत्यक्ष फाइदा पुग्ने अपेक्षा गरिएको छ।
भारत र ईयूबीच दीर्घकालीन व्यापार सम्झौताका लागि छलफल भइरहेको छ।
भारत यस सम्झौतामार्फत आफ्नो निर्यात बढाउन, विशेषगरी टेक्सटाइल र गरगहना ईयू बजारमा विस्तार गर्न चाहन्छ।
यसैबीच अमेरिकाले भारतीय टेक्सटाइल र गरगहनामा ५० प्रतिशत अतिरिक्त कर लगाइसकेको छ।
यस्तो अवस्थामा भारतले ईयूतर्फ व्यापारिक सम्बन्ध बलियो बनाउन खोजेको देखिन्छ।
भारत हाल अमेरिका र चीनपछि विश्वको तेस्रो ठूलो कार बजार हो।
आयातित कारमा कर घटाउने यो कदमलाई भारतको अटोमोबाइल क्षेत्रमा अहिलेसम्मकै ठूलो नीतिगत परिवर्तन का रूपमा हेरिएको छ।
Post Views: 169