वीरगंज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ९० अर्ब ६ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ नेपालमा आयात भएको छ, जुन गत वर्षको उही अवधिभन्दा २ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी हो।
यस अवधिमा पेट्रोलियम पदार्थको आयातबाट ३७ अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन गरिएको छ, जुन पनि गत वर्षको राजस्वभन्दा बढि हो।
भन्सार कार्यालयका अनुसार यस अवधिमा डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात गरी त्यसबाट राजस्व संकलन भएको हो।