प्रोटोन नेपालले आफ्नो फुल साइज इलेक्ट्रिक एसयूभी इमास ७ मार्फत नेपाली ईभी बजारमा राम्रो उपस्थिति जनाएको छ।
ईभीमा रुचि राख्ने र नयाँ प्रविधि अपनाउने ग्राहकबीच यो गाडी छिट्टै लोकप्रिय बन्दै गएको छ।
मलेसियामा सबैभन्दा धेरै रुचाइएको इलेक्ट्रिक सवारीको पहिचान बनाइसकेको इमास ७ ले नेपालमा पनि सकारात्मक प्रतिक्रिया पाएको छ।
शहरमा दैनिक यात्रा गर्ने उपभोक्तादेखि साहसिक यात्रा मन पराउनेसम्म सबैलाई ध्यानमा राखेर डिजाइन गरिएको इमास ७ मा आधुनिक प्रविधि, उच्च सुरक्षा मापदण्ड र दमदार प्रदर्शन उपलब्ध छ।
कम्पनीका अनुसार, यी सबै विशेषता प्रतिस्पर्धी मूल्यमा प्रदान गरिएको छ।
इमास ७ मा १६० किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको छ, जसले सहज र प्रभावशाली ड्राइभिङ अनुभव दिन्छ।
यसको ४,६१५ मिमि लम्बाइ र १८० मिमि ग्राउण्ड क्लियरेन्सले पर्याप्त भित्री स्थान र नेपालका विभिन्न सडक अवस्थाका लागि उपयुक्त क्षमता प्रदान गर्छ।
नेपालमा प्रोटोन सवारी साधनको आधिकारिक आयातकर्ता तथा वितरक जगदम्बा मोटर्स हो।
कम्पनीले बिक्रीपछिको सेवा, नियमित मर्मत तथा व्यापक ग्राहक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
Post Views: 194