Skip to content
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
निगमले आज दिउँसो १२ बजेबाट लागू हुने गरी पेट्रोलको मूल्य प्रति लिटर ३ रुपैयाँ कम गरेको छ।
त्यस्तै, डिजेल र मट्टितेल को मूल्य पनि प्रति लिटर १ रुपैयाँ ले घटाइएको छ।
नयाँ मूल्यअनुसार पेट्रोलको नयाँ मूल्य १५६ रुपैयाँ, र डिजेल तथा मट्टितेलको मूल्य १३६ रुपैयाँ कायम गरिएको छ।
यस मूल्य समायोजन इन्डियन आयल कर्पोरेसनबाट प्राप्त खरिद मूल्य अनुसार गरिएको निगमले जनाएको छ।
Post Views: 238