एमएडब्लू वृद्धिले नेपालमै हालसम्मकै सबैभन्दा आधुनिक र अपग्रेडेड विद्युतीय एसयूभी अल न्यु दिपल ई०७ ट्रान्सफर्मर एक्स सार्वजनिक गरेको छ।
एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकारिया ले अत्याधुनिक सुविधा सहितको यो एसयूभी औपचारिक रूपमा सार्वजनिक गरेका हुन्।
‘ह्वेन लक्जरी चुजेज एड्भेन्चर’ दर्शनमा आधारित ट्रान्सफर्मर एक्सको मुख्य विशेषता भनेको कन्टिनियस ड्याम्पिङ कन्ट्रोल (CDC) सहितको एड्भान्स्ड एअर सस्पेन्सन सिस्टम हो।
यसले बाटो र भौगोलिक अवस्थाअनुसार गाडीको ग्राउन्ड क्लेरेन्स अधिकतम २२३ एमएमसम्म बढाउन सक्छ।
उच्च गतिमा भने ग्राउन्ड क्लेरेन्स आफैं घटेर गाडीलाई अझ स्थिर बनाउने इन्टेलिजेन्ट सिस्टम पनि यसमा समावेश गरिएको छ, जुन नेपाली सडकका लागि निकै उपयोगी मानिन्छ।
दिपल ई०७ को पहिलो संस्करण गत वर्ष विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी का रूपमा नेपालमा भित्रिएको थियो।
नयाँ ट्रान्सफर्मर एक्स संस्करणसँगै दिपलले लक्जरी र एड्भेन्चर दुवैलाई नयाँ स्तरमा पुर्याउने अपेक्षा गरिएको छ।
यो एसयूभीमा लक्जरी सुविधालाई विशेष प्राथमिकता दिइएको छ।
चारै सिटमा मसाज, हिटिङ, भेन्टिलेसन र वेलकम फङ्सन उपलब्ध छन्।
साथै, जिरो ग्रयाभिटी रिल्याक्सेसन मोड ले गाडीको भित्री वातावरणलाई व्यक्तिगत वेलनेस लाउन्ज जस्तै बनाइदिन्छ।
पछाडिका यात्रुले समेत ट्रंक, डोम, क्लाइमेट कन्ट्रोल, सनसे र सिट फोल्डिङ जस्ता फिचरहरू नियन्त्रण गर्न सक्नेछन्।
ट्रान्सफर्मर क्षमताका कारण यो गाडीलाई एसयूभी, पिकअप, क्याम्पिङ भेहिकल र आरभी गरी चार फरक रूपमा प्रयोग गर्न सकिन्छ।
५ मिटर लामो बडी, ३१२० एमएम ह्विलबेस, ६५५ केजी पेलोड क्षमता र १३१ लिटरको फ्रंक ले यसको डिजाइन र प्रयोगात्मकता दुवैलाई मजबुत बनाएको छ।
यसमा प्रयोग गरिएको ८९.९८ kWh ब्याट्री ले एकपटक चार्ज गर्दा ५९० किलोमिटर (WLTP) रेन्ज दिन्छ।
यसले २४० kW DC फास्ट चार्ज, ६०० एमएम वाटर वेडिङ क्षमता, V2L बाह्य पावर आउटपुट र विशेष ऊर्जा बचत प्रणाली सपोर्ट गर्छ, जसले ड्राइभिङ रेन्जलाई करिब २० प्रतिशतसम्म बढाउँछ।
अल न्यु दिपल ई०७ ट्रान्सफर्मर एक्सको मूल्य रु. १ करोड ९ लाख ९९ हजार तोकिएको छ। यो सेतो, कालो र ग्रे रङमा उपलब्ध छ।
सार्वजनिक कार्यक्रममा अध्यक्ष विष्णु अग्रवालले एमएडब्लूको डीएनएमै नवप्रवर्तन रहेको उल्लेख गर्दै भने, “एमएडब्लूले सधैं भोलिको प्रविधि आजै प्रस्तुत गर्दै आएको छ।
दिपल ई०७ ले नेपाली अटो बजारलाई नयाँ रूपमा परिभाषित गर्नेछ।”