नेपालमा साना ह्याचब्याक गाडीको कुरा गर्दा हुण्डाई सेन्ट्रो धेरैको रोजाइमा पर्छ।
काठमाडौं बुढानिलकण्ठका विशाल सुवेदी का लागि भने सेन्ट्रो केवल सवारी साधन नभई परिवारकै सदस्यजस्तै बनेको छ।
सन् २०१२ मा थापाथलीको सोरुमबाट नयाँ सेन्ट्रो किनेपछि सुरु भएको उनको यात्रा आज १४ वर्ष बित्दा पनि उत्तिकै भरोसायोग्य र स्मरणीय छ।
गाडी किन्नुअघि विशाल ३५० सिसीको बुलेट बाइक चलाउँथे।
तर परिवार बढ्दै जाँदा सुरक्षा र सहजताका लागि गाडी आवश्यक भयो।
सानै उमेरदेखि स्टेयरिङ समातेका विशालले आफ्नै कमाइबाट किनेको पहिलो नयाँ गाडी सेन्ट्रो नै बनेको हो।
पछिल्ला वर्षहरूमा सेन्ट्रोले १ लाख १५ हजार किलोमिटरभन्दा बढी दूरी पार गरिसकेको छ।
ताप्लेजुङको पाथिभराबाट लुम्बिनीसम्म, पोखरा, सराङकोट, घान्द्रुक जस्ता उकालो–ओरालो र कठिन सडकमा पनि यो गाडीले उनलाई निराश पारेको छैन।
नेपालको भौगोलिक विविधतामा पनि सेन्ट्रोले दिएको साथ विशालका लागि निकै सन्तोषजनक छ।
विशालका अनुसार सेन्ट्रोको सबैभन्दा बलियो पक्ष यसको इन्जिन र क्लच प्रणाली हो।
यति लामो दूरी तय गर्दा पनि अहिलेसम्म क्लच प्लेट फेर्नु नपर्नु यसको गुणस्तरको प्रमाण हो। सामान्य मर्मतबाहेक गाडीमा अनावश्यक खर्च गर्नुपरेको छैन।
एकपटक गाडी फेर्ने सोच बनाए पनि छोरीले सेन्ट्रोसँग जोडिएका बाल्यकालका सम्झनाका कारण गाडी साट्न नमानेपछि विशालको निर्णय बदलियो।
यसले सेन्ट्रो केवल मेसिन नभई भावनासँग जोडिएको साधन बनेको देखाउँछ।
हुण्डाईको आधिकारिक डिलर लक्ष्मी इन्टरकन्टिनेन्टल को सेवा र सर्भिसिङप्रति पनि विशाल सन्तुष्ट छन्।
सहज स्पेयर पार्ट्स, देशभर सर्भिस सेन्टर र राम्रो ग्राहक सेवा हुन्डाईको मजबुत पक्ष भएको उनी बताउँछन्।
बैंकर पेशामा रहेका विशालले चाहे जुनसुकै नयाँ गाडीमा अपग्रेड गर्न सक्छन्।
तर हालका लागि उनी सेन्ट्रोसँगको यात्रा टुंग्याउने कुनै योजना छैन। उनका शब्दमा, “म अझै यो गाडी कुदाउँछु, हेरौँ सेन्ट्रोले मलाई कति वर्षसम्म साथ दिन्छ।”
Post Views: 93