टाटाको न्यू इयर अफर

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ ले नयाँ वर्ष २०२६ को अवसरमा ‘न्यू इयर बिग स्विच’ योजना सार्वजनिक गरेको छ।

यो योजना जनवरी १५ देखि १८ (माघ १–४) सम्म लागू हुनेछ। यस अवधिमा ग्राहकहरूले आफ्नो पुरानो गाडी साटेर नयाँ टाटा गाडी खरिद गर्न सक्नेछन्।

यस अफरअन्तर्गत पुरानो गाडीको उचित एक्सचेन्ज मूल्य, नगद छुट, र आकर्षक उपहारहरू प्रदान गरिने कम्पनीले जनाएको छ।

विशेष गरी टाटाका विद्युतीय गाडी (EV) खरिद गर्ने ग्राहकलाई थप फाइदा दिइनेछ।

EV ग्राहकले निःशुल्क डीसी फास्ट चार्जिङ सुविधा, घरमै चार्जिङ जडान, साथै एक वर्षसम्मको सवारी कर छुटनिःशुल्क एक्सेसोरिज प्राप्त गर्नेछन्।

सिप्रदी ट्रेडिङका अनुसार यो योजना ग्राहकलाई आधुनिक, सुरक्षित र वातावरणमैत्री सवारी साधनतर्फ आकर्षित गर्ने उद्देश्यले ल्याइएको हो।

नयाँ वर्षको सुरुवातमै गाडी अपग्रेड गर्न चाहने ग्राहकका लागि यो अफरलाई विशेष अवसर का रूपमा प्रस्तुत गरिएको कम्पनीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *