आर्क्श ग्रुपको ग्रीन अटोमोबाइलले चिनियाँ ब्राण्ड गोल्डेन ड्रागन का विद्युतीय माईक्रोबस र लक्जरी बस नेपालमा बिक्री गर्ने भएको छ।
कम्पनीले विद्युतीय कमर्सियल सवारीसाधन को बजार विस्तारमा जोड दिँदै गुणस्तरीय सेवा र बिक्रीपछिको समर्थन पनि उपलब्ध गराउने योजना बनाएको बताएको छ।
हाल १४ सिट क्षमताको विद्युतीय माईक्रोबस बिक्री भइरहेको छ भने १२, १६, १९, २९, ३३, ३६ र ४१ सिट क्षमताका विभिन्न माइक्रोबस र लक्जरी बसहरू पनि छिट्टै बजारमा ल्याउने तयारी भइरहेको छ।
गोल्डेन ड्रागनका माईक्रोबसमा ५३ kWh ब्याट्री, ८० kW मोटर, एबीएस/ईबीडी, र ३ सय किलोमिटर रेन्ज (एनईडीसी) जस्ता विशेषताहरू रहेका छन्।
यो योजना मार्फत नेपालमा विद्युतीय सवारीसाधन प्रयोग र मोबिलिटी समाधान लाई प्रवर्द्धन गर्न प्रयास भइरहेको कम्पनीले जनाएको छ।