निगमलाई प्लान बी निर्देशन

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हले पेट्रोलियम पाइपलाइन विस्तारमा समस्या आए वैकल्पिक ‘प्लान बी’सहित अघि बढ्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन्।

उनले परियोजना अवरुद्ध भए पनि काम नरोकिने गरी वैकल्पिक व्यवस्था तयार राख्नुपर्नेमा जोड दिए।

सरकारको वार्षिकोत्सव कार्यक्रममा मन्त्री सिन्हले पाइपलाइनसँगै ट्यांकर ढुवानीलाई सन्तुलनमा राख्दै ऊर्जा व्यवसाय विविधिकरण आवश्यक रहेको बताए।

पेट्रोलमा इथानोल मिसाउने प्रक्रिया अघि बढिरहेकाले यसलाई व्यावसायिक मोडलमा लैजानुपर्ने उनको भनाइ छ।

निजी क्षेत्रसँग सहकार्य गर्दै पाइपलाइन विस्तार, प्राकृतिक ग्यास उत्खनन र नयाँ व्यवसायिक अवसर उपयोग गर्नुपर्नेमा उनले जोड दिए।

कर्मचारी बोनसका विषयमा कानुनअनुसार निर्णय हुने स्पष्ट गर्दै निगमले राजस्वमा उल्लेख्य योगदान दिएको उल्लेख गरियो।

पाइपलाइन सञ्चालनपछि लागत घटेको र नयाँ पेट्रोल पम्प थप्ने योजना रहेको जानकारी पनि कार्यक्रममा दिइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *